सिद्धिपुरमा चारै घरका सिल खुला - pharaksandesh.com

मुख्य समाचार


Wednesday, 20 May 2020

सिद्धिपुरमा चारै घरका सिल खुला

ललितपुर, ७ जेठ  : महालक्ष्मी नगरपालिका वडा नं ६ सिद्धिपुरमा सिल गरिएका चारै घरको सिल खोलिएको छ । सिल गरिएको घरका व्यक्तिको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएसँगै सिल खोलिएको वडाध्यक्ष वासुदेव महर्जनले बताउनुभयो । 

उहाँले भन्नुभयो, “वडा कार्यालय र स्थानीय बासिन्दा मिलेर हामीले गत बुधबार र बिहीबार वडामा अन्य जिल्लाबाट मानिस प्रवेश गरेको सूचनाको आधारमा गएर हेर्दा देखेपछि सिल गरेका थियाँै ।” उक्त वडामा काठमाडौँ उपत्यका बाहिरबाट आएकालाई बन्दाबन्दी भएदेखि नै प्रवेश निषेध गरिएको महर्जनले जानकारी दिनुभयो । “सिद्धिपुर प्रवेश गर्ने १० वटा विन्दु रहेका हुँदा वडामा २४ आँै घण्टा बाहिरी जिल्लाका मानिस प्रवेश रोक्नका लागि स्थानीयवासी युवाले सुरक्षा दिनेछन्”, उहाँले थप्नुभयो ।(रासस)

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.