दाङमा एकैदिन ५८ जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि - pharaksandesh.com

मुख्य समाचार


Monday, 29 June 2020

दाङमा एकैदिन ५८ जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि

दाङ, १५ असार : दाङमा सोमबार एकैदिन ५८ जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएकाे छ । 

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा गरिएको कोरोना परीक्षणमा थप ५८ जना सङ्क्रमित​ भेटिएसँगै दाङमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या पाँच सय ६८ पुगेको छ ।

सोमबार भेटिएका सङ्क्रमितमा गढवाका २२ जना, बबईका १० जना, तुलसीपुरका आठ जना, घोराहीका सात जना, राप्तीका पाँच जना, शान्तिनगर र दङ्गीशरणका दुई/दुई जना गरी चार जना र नेपाली सेनामा कार्यरत २ जना रहेका छन् । सङ्क्रमितमध्ये २२ जना महिला र ३६ पुरुष हुन् ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.