थप ४६३ जनामा कोरोना पुष्टि, कुल सङ्ख्या १२ हजार ७७२ पुग्यो - pharaksandesh.com

मुख्य समाचार


Sunday, 28 June 2020

थप ४६३ जनामा कोरोना पुष्टि, कुल सङ्ख्या १२ हजार ७७२ पुग्यो

काठमाडौं, १४ असार : कोरोना भाइरस कोभिड–९० सङ्क्रमितको संख्या १२ हजार ७७२ नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभर थप ४६३ जनामा कोरोना सङ्क्रमित थपिएको जानकारी दिनुभयो ।

उहाँका अनुसार, १०५ जना महिला र ३५८ जना पुरुष रहेका छन् । कुल सङ्क्रमित हुनेमा एकहजार चारसय ७४ जना महिला र एघारहजार दुईसय ९८ पुरुष रहेका छन् ।

थप १७९ डिस्चार्ज भएका छन् । याेसँगै निकाे हुने तीनहजार १३ पुगेकाे छ । पछिल्लो २४ घण्टामा देशभर १३ महिलासहित १७९ जना डिस्चार्ज भएका छन्।

ललितपुरमा थप एकजना महिला सङ्क्रमित थपिएको छ ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.