उपत्यकामा नाैसहित थप ४६४ सङ्क्रमित, कुल सङ्क्रमित ११ हजार १६२ - pharaksandesh.com

मुख्य समाचार


Thursday, 25 June 2020

उपत्यकामा नाैसहित थप ४६४ सङ्क्रमित, कुल सङ्क्रमित ११ हजार १६२

काठमाडौँ, ११ असार : पछिल्लो २४ घण्टामा नेपालमा थप ४६४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल सङ्क्रमित सङ्ख्या एघार हजार १६२ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बुधबार गरेकाे पत्रकार सम्मेलनमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिनुभयाे ।

यस्तै, थप ३१२ जना निकाे भएर डिस्चार्ज भएका छन् । थप १९ महिला र २९३ पुरुष डिस्चार्ज भएका हुन् । कुल डिस्चार्ज हुनेकाे सङ्ख्या दुई हजार ६५० पुगेकाे छ । यसमा महिला २१५ र पुरूष दुई हजार ४३४ रहेकाे छ ।

रेड जाेनमा बिहीबार काठमाडाैँका एक पुरूष थपिएका छन् । याेसँगै रेड जाेनमा ५०९ पुगेकाे छ ।

काठमाडाैँका दुई पुरूष र दुई महिला, ललितपुरका एक पुरूष र भक्तपुरका तीन पुरूष र एक महिला सङ्क्रमित भएका छन् ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.