भारतीय सेनाका कोही बेपत्ता छैनन् : भारतीय सेना - pharaksandesh.com

मुख्य समाचार


Friday, 19 June 2020

भारतीय सेनाका कोही बेपत्ता छैनन् : भारतीय सेना

नयाँदिल्ली, ५ असार : भारतीय सेना र चिनियाँ सेनाका बीचमा भएको भिडन्तका क्रममा भारतीय सेना तर्फका कोही पनि बेपत्ता नभएको भारतीय सेनाले जनाएको छ ।

केही दिन अगाडी भएको भिडन्तका क्रममा केही भारतीय सैनिकहरु बेपत्ता भएको भनिएको विषयमा भारतीय सेनाले बिहीबार स्पष्ट पार्दै आफ्नो तर्फका कोही पनि सम्पर्कबिहिन नरहेको जानकारी दिएको हो । 

यही जुन १५ र १६ तारिखमा लदाखको गल्वान उपत्यकामा दुई देशका सैनिकहरुका बीचमा भिडन्त भएको र भारत तर्फका कम्तीमा २० सैनिकको मृत्यु भएको थियो । 

भारतीय सेनाद्धारा जारी वक्तव्यमा लेखिएको छ, “न्युयोर्क टाइम्सले चीन र भारतका बीचमा भएको झडपका क्रममा केही भारतीय सैनिकहरु बेपत्ता समेत भएको भनेर यही जुन १७ मा समाचार लेखेपनि भारतीय सेनाका कोही पनि बेपत्ता नभएको स्पष्ट पार्न चाहन्छौँ ।” 

झडपका क्रममा कर्णेल तहका सैन्य अधिकारीसहित भारतीय सैनिक तर्फका कम्तीमा २० सैनिकको मृत्यु भएको भारतीय सेनाले जनाएको छ ।(रासस/एएनआई) 

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.