जुन देखें तारा देखें, देखें कति सारा देखें - pharaksandesh.com

मुख्य समाचार


Sunday, 21 June 2020

जुन देखें तारा देखें, देखें कति सारा देखें

मुक्तक
कमला गौतम
जुन देखें तारा देखें, देखें कति सारा देखें
मायाको सबैमा अहो! प्यार र प्यारा देखें
भनाई छ फरक तर सबको देखें पनि एकै
माया कै छ जताततै घन्किएको नारा देखें।

२ 
किताब भरे सन्दुकिमा राखें अटाएर
कोरे लेखेरै सके कापी राखें पटाएर
सबै भ्याइदो रैछ हो छैन ठाऊ खाली 
नभरिने त मनै हो राख्छु सबै बटाएर।

३ 
मिठो माया मनको हुन्छ भन्थे हुन्न धनको
खोज्दै सबै अहिले धनकै हो भन्दा मनको
माया भन्दा माथि गयो धन नी अहो कस्तो
बित्यास लाग्यो सुन्दा पनि कुरा स्वजनको

काठमाडौँ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.