प्रदेश नं– १ मा धान रोपाइँ २१ प्रतिशत - pharaksandesh.com

मुख्य समाचार


Monday, 29 June 2020

प्रदेश नं– १ मा धान रोपाइँ २१ प्रतिशत

विराटनगर, १५ असार : मनसुनको सक्रियतासँगै प्रदेश नं– १ मा अहिले सम्ममा २१ प्रतिशत धान रोपाइँ भएको कृषि निर्देशनालय विराटनगरले जनाएको छ । “मौसम अनुकूल छ, वर्षा भइरहेको छ, किसानको खेत र बीउ तयार अवस्थामा रहेकोले एक साताभित्रै रोपाइँको प्रतिशत उल्लेखीय वृद्धि हुनेछ”, निर्देशनालयका निमित्त निर्देशक प्रकाश डाँगीले भन्नुभयो । यस प्रदेशमा अहिलेसम्म ३७ प्रतिशत मात्र सिँचाइ सुविधा पुगेको छ । सिँचाइ सुविधा नभएका क्षेत्रका किसानले कुलोपैनी, वर्षा, बोरिङको भरमा खेती गर्ने गरेका छन् । 

यस प्रदेशमा तीन लाख ४० हजार ८२९ धान लगाउने क्षेत्रफलमा गत वर्ष एक लाख ९३ हजार ३९८ हेक्टरमा धान लगाइएको थियो । समग्रमा गएको वर्षमा यस प्रदेशमा ५६ दशमलव ७४ प्रतिशत रोपाइँ भएको थियो । वरिष्ठ कृषि विकास अधिकृत मेघनाथ तिम्सिनाले मनसुनको सक्रियता बढ्दा किसानको अनुहार हसिलो हुने र रोपाइँ पनि समयमै गर्न सकिने भएकोले उत्पादनमा पनि वृद्धि हुने विश्वास व्यक्त गर्नुभयो । (रासस)

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.