पाकिस्तान स्टक एकसचेन्जको भवनमा बन्दुकधारीले गोली प्रहार हुँदा ७ जनाको ज्यान गयो - pharaksandesh.com

मुख्य समाचार


Monday, 29 June 2020

पाकिस्तान स्टक एकसचेन्जको भवनमा बन्दुकधारीले गोली प्रहार हुँदा ७ जनाको ज्यान गयो

पाकिस्तान, १५ असार : पाकिस्तानको कराची शहरमा रहेको पाकिस्तान स्टक एकसचेन्जको भवनमा बन्दुकधारीले गोली प्रहारमा सात जनाको ज्यान गएको छ । आक्रमणमा आक्रमणकारीसहित कम्तीमा सात जनाको ज्यान गएको बीबीसीले जनाएको हाे । आक्रमणमा अन्य केही घाइते भएका छन् । 

यो आक्रमण स्थानीय समय अनुसार सात बजेतिर भएको सञ्चारमाध्मयले बताएका छन् । आक्रमणकारीहरु मूल ढोकामा ग्रिनेड विस्फोट गराएर भवनमा छिरेको बताइएको छ । 

आक्रमणमा संलग्न चार जनाको ज्यान गएको प्रहरीलाई उद्धृत गर्दै सञ्चारमाध्यमहरुले जनाएका छन् । 

सिन्ध प्रान्तका गभर्नर इमरान इस्मइलले ट्वीट गर्दै यो आक्रमणको निन्दा गरेका छन् । बलोच लिबरेशन आर्मीले घटनाको जिम्मेवारी लिएको छ । 

कराचीको स्टक एक्सचेन्ज पाकिस्तानको सबैभन्दा ठूलो शेयर बजार हो र यो कराचीको सबैभन्दा व्यस्त राजमार्गको एक भागमा रहेको छ । 

स्टक एक्सचेन्ज भवनमा हरेक दिन सयौँ मानिस कारोबार र रोजगारीको सिलसिलामा आउने गर्छन् । भवनबाट कति जनालाई बचाएर बाहिर ल्याइएको छ भन्नेबारेमा खुलिसकेको छैन ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.