पाटन नगरपालिकाका बजार १५ गतेसम्म सिल - pharaksandesh.com

मुख्य समाचार


Monday, 22 June 2020

पाटन नगरपालिकाका बजार १५ गतेसम्म सिल

बैतडी, ८ असार : कोरोना सङ्क्रमित बढन थालेपछि बैतडीको पाटन नगरपालिका भित्रका बजार क्षेत्रलाई आजदेखि सिल गरिएको छ । सर्वपक्षीय बैठकले नगरका बजार क्षेत्र सिल गर्ने निर्णय गरेको हो । 

कोरोनाका बिरामी बढ्दै गएपछि सङ्क्रमणको जोखिम बढ्ने भएकाले बजार क्षेत्र सिल गर्ने निर्णय भएको नगरपालिकाका प्रमुख केशवबहादुर चन्दले जानकारी दिनुभयो । लकडाउन खुकुलो भएसँगै बजारमा भीडभाड बढेकाले कोरोनाको जोखिम न्यूनीकरण गर्न उक्त कदम चालिएको हो । उहाँले भन्नुभयो, “ नागरिकको जीवन रक्षाका लागि यो कदम उठाइएको हो ।” नगरपालिकाको पाटन, मानिकाखान, खोड्पे लगायतका बजार क्षेत्र असार १५ गतेसम्म सिल गरिएका हुन् । निर्णय उल्लङ्घन गरेमा जरिवना गरिनेछ । 

नगरपालिकाका आठ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ । एक जना निको भएर घर फर्केका छन् । बाँकी ७ जना आइसोलेशनमा बसिरहेका नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मदनसिंह महराले जानकारी दिनुभयो । नगरपालिकाभित्रका बैंक तथा वित्तीय संस्थालाई आइतबार, सोमबार र बिहीबार बिहान १० बजेदेखि दिउँसो १ बजे सम्म मात्रै खोल्न नगरपालिकाले आग्रह गरेको छ ।(रासस) 

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.