विश्व व्यापारमा करिब १९ प्रतिशत गिरावट - pharaksandesh.com

मुख्य समाचार


Wednesday, 24 June 2020

विश्व व्यापारमा करिब १९ प्रतिशत गिरावट

जेनेभा, १० असार : कोरोनाभाइरस महामारीका कारण विश्वको व्यापारमा दोस्रो चौमासिकमा ठूलो गिरावट आएको विश्व व्यापार संगठनले जनाएको छ । 

संगठनका अनुसार सन् २०२० को दोस्रो चौमासिक अवधिमा अघिल्लो वर्षको सोही अवधिको तुलनामा करिब १८.५ प्रतिशतले कमी आएको छ । 

संगठनद्वारा जारी वक्तव्यमा दोस्रो चौमासिक अवधिको प्रारम्भिक अनुमान अनुसार कोरोनाभाइरसको प्रसार र त्यसलाई रोक्न अपनाइएका लकडाउन समेतका प्रतिबन्धहरुले विश्व व्यापारमा व्यापक असर पारेको उल्लेख छ ।(रासस–एएफपी) 

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.