मोटरसाइकल दुर्घटनामा मृत्यु - pharaksandesh.com

मुख्य समाचार


Monday, 22 June 2020

मोटरसाइकल दुर्घटनामा मृत्यु

चितवन, ८ असार : कालिका नगरपालिका–६, स्थित भित्री सडकखण्डमा आज बिहान मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कालिका नगरपालिका–४ का २७ वर्षीय राम महतो रहेका छन् । 

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार राति १ बजे कमलपुरबाट स्वामीपुरतर्फ गइरहेको प्रदेश ३–०३–००२ प २०२३ नम्बरको पल्सर मोटरसाइकल खेतमा पानी लैजाने कुलोको कल्भर्टबाट खसेको थियो । दुर्घटनामा गम्भीर घाइते उनलाई तत्काल भरतपुर अस्पताल ल्याइएको थियो । उपचारको क्रममा बिहान २ः२५ बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ । (रासस) 

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.