थप ५३५ जनामा कोरोना संक्रमण पुष्टि, कुल ९ हजार ५६१ संक्रमित - pharaksandesh.com

मुख्य समाचार


Monday, 22 June 2020

थप ५३५ जनामा कोरोना संक्रमण पुष्टि, कुल ९ हजार ५६१ संक्रमित

काठमाडौं, ८ असार : पछिल्लो परीक्षणमा नेपालमा थप ५३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कुल संक्रमित संख्या नौ हजार ५६१ पुगेको छ ।

सो कुराको जानकारी स्वास्थ्य मन्त्रालयमा अयोजित पत्रकार सम्मेनलमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले दिनु भएको हो । यस्तै थप ३७० जना निकाे भएर डिस्चार्ज भएसँगै कुल डिस्चार्ज हुने संख्या २१४२ पुगेकाे छ ।

नयाँ सङ्क्रमितसँगै सङ्क्रमितको सङ्ख्या नौ हजार ५६१ पुगेको छ । तीमध्ये आठ हजार ६६७ पुरुष र ८९४ महिला रहेका छन् । उहाँले रसुवाबाहेक ७६ जिल्लामा सङ्क्रमण देखिएको बताउनुभयो । यसैगरी एक लाख ८१ हजार ३७१ जनामा पिसिआर र दुई लाख ६८ हजार १०३ जनामा आरडिटी परीक्षण गरिएको छ । पछिल्ला २४ घण्टामा पिसिआर छ हजार १९८ र आरडिटी पाँच हजार ९२९ जनामा गरिएको छ । यस्तै ९० हजार ३७० जना क्वारेन्टिन र सात हजार ७८९ जना आइसोलेशनमा रहेका छन् ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.