कतारमा विगत २४ घण्टामा एक हजारभन्दा बढी सङ्क्रमित भएसँगै सङ्क्रमितको सङ्ख्या ८८ हजार ४०३ - pharaksandesh.com

मुख्य समाचार


Wednesday, 24 June 2020

कतारमा विगत २४ घण्टामा एक हजारभन्दा बढी सङ्क्रमित भएसँगै सङ्क्रमितको सङ्ख्या ८८ हजार ४०३

दोहा, १० असार : खाडी मुलुक कतारमा विगत २४ घण्टामा कोभिड–१९ बाट सङ्क्रमितको सङ्ख्या एक हजार ३४ पुगेसँगै मङ्गलबारसम्म कूल सङ्क्रमितको सङ्ख्या ८८ हजार ४०३ पुगेको कतारका स्वास्थ्यमन्त्रालयले बताएको छ । 

मन्त्रालयका अनुसार “सोमबार एक हजार ६३७ निको भएर घर फर्किएका र अहिलेसम्म ६९ हजार ९५६ निको भएका छन् । सोमबार थप एक सङ्क्रमितको मृत्यु भएको र मृत्यु हुनेको सङ्ख्या अहिलेसम्म ९९ पुगेको छ ।” 

स्वास्थ्य मन्त्रालयले सङ्क्रमण बढ्नुलाई मानिसहरूको जमघट, यात्रा तथा रोकथामका उपायलाई सहीरूपमा पालना नगर्नु रहेको उल्लेख गर्दै सामाजिक दूरी कायम गर्न र रोकथामका अन्य उपाय उपनाउन सुझाब दिएको छ । 

लाखौँको सङ्ख्यामा एशियाली मुलुक नेपाल, भारत, पाकिस्तान बङ्गलादेश लगायतबाट वैदेशिक रोजगारीका लागि गन्तव्य रहेको कतारमा कूल तीन लाख २४ हजार ५७० व्यक्तिको सङ्क्रमण परीक्षण गरिएको छ । 

कतार र चीनले कोभिड–१९ विरूद्धको लडाईमा आपसी सहयोग आदानप्रदान गरेका छन् ।(रासस/सिन्ह्वा) 

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.