कर्णालीमा थप ११ जनामा सङ्क्रमण - pharaksandesh.com

मुख्य समाचार


Sunday, 21 June 2020

कर्णालीमा थप ११ जनामा सङ्क्रमण

सुर्खेत, ७ असार : कर्णाली प्रदेशमा आइतबार थप ११ जनामा कोरोना सङ्क्रमण देखिएको छ । योसँगै कर्णालीमा कोरोना सङ्क्रमणको सङ्ख्या एक हजार २५६ पुगेको छ ।

सामाजिक विकास मन्त्रालयकाे स्वास्थ्य सेवा महाशाखाका अनुसार प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, सुर्खेतमा गरिएको परीक्षणमा आइतबार सल्यानका छ जना, सुर्खेत र दैलेखका दुई/दुई जना र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, दाङमा गरिएको परीक्षणमा रुकुमपश्चिमका एक जनामा कोरोना सङ्क्रमण देखिएको हो ।

यस्तै, आइतबार १४ जनालाई डिस्चार्ज गरिएको छ । निको भएर घर जोनको सङ्ख्या ५३१ पुगेको छ । प्रदेश अस्पताल, सुर्खेतबाट तीन जना, सल्यान बहुमुखी क्याम्पस आइसोलेसन सेन्टरबाट तीन जना, नौमुले आइसोलेसन सेन्टरबाट सात जना, जाजरकोट अस्पतालबाट एक जनालाई डिस्चार्ज गरिएको हो । कर्णाली प्रदेशमा अहिलेसम्म कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या चार रहेको छ ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.