नारायणीमा एक युवक बेपत्ता - pharaksandesh.com

मुख्य समाचार


Friday, 26 June 2020

नारायणीमा एक युवक बेपत्ता

भरतपुर, १२ असार : नारायणी नदीमा माछा मार्ने क्रममा एक जना बेपत्ता भएका छन् । भरतपुर महानगरपालिका–३ रामघाटस्थित नारायणी नदीमा माछा मार्ने क्रममा बर्दिया घर भइ हाल भरतपुर महानगरपालिका–४ बस्ने २१ वर्षीय टिङ्कु चौधरी बेपत्ता भएको जिल्लाप्रहरी कार्यालय चितवनले जनाएको छ । 

नदी किनारमा माछा मार्ने क्रममा उनलाई बढीले बगाएको थियो । बेपत्ताको नेपाल प्रहरी र सशस्त्र प्रहरीले खोजी गरिरहेको छ । (रासस)

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.