पहिराले गाडी बगाउँदा चारको मृत्यु - pharaksandesh.com

मुख्य समाचार


Tuesday, 23 June 2020

पहिराले गाडी बगाउँदा चारको मृत्यु

पाल्पा, ९ असार : तानसेनको सम्मोबारीमा सोमबार पहिराले गाडी बगाउँदा मृत्यु हुने चार जना पुगेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक मदन गिरीका अनुसार सुरक्षाकर्मीको टोलीले खोजतलासका क्रममा झापा शिवसताक्षी नगरपालिका –८ बुद्धचोकका १८ वर्षीय कुमार तामाङको शव भेटेको हो । 

घटनास्थलमा मृत्यु भएका दुई र उपचारका क्रममा सोमबार राति अस्पतालमा मृत्यु भएका एक जना गरी तीन जनाको शव परीक्षणपछि आफन्तले बुझेका छन् । झापाका तामाङको आफन्तसँग सम्पर्क भएको प्रनानि गिरीले बताउनुभयो ।(रासस)

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.