हिलाम्य सडक—गाउँगाउँबीच सम्पर्क विच्छेद - pharaksandesh.com

मुख्य समाचार


Monday, 29 June 2020

हिलाम्य सडक—गाउँगाउँबीच सम्पर्क विच्छेद

वीरगञ्ज, १५ असार : मनसुन सक्रिय भएपछि परेको वर्षाका कारण पर्साको ग्रामीण भेगका सडक हिलाम्य भएपछि एक गाउँदेखि अर्को गाउँबीच सडक सम्पर्क विच्छेद भएको छ । वर्षामा हुने असारे विकासको कारण पश्चिमी पर्साको थरुहट, पोखरीय लङ्गडी, हुलाकीखण्डलगायतका सडकमा माटो खसालेकाले एक वडाबाट अर्को वडासम्म्को सम्पर्क विच्छेद भएको, सडक जीर्ण तथा हिलाम्य रहेकोले यस्तो अवस्था आएको ठोरी गाउँपालिकाका वीरबहादुर श्रेष्ठले राससलाई बताउनुभयो । 

सडक डिभिजन कार्यालय तथा ठेकेदारको लापरवाहीले वर्षा याममा ती सडकमा माटो खसालेपछि बिग्रेका कच्ची सडकमा साना सवारीसाधन जान नसकेकोले वडा वडाबीच सम्पर्क विच्छेद भएको छ । पर्साकै छिपहरमाई गाउँपालिका, धोविनी, सखुवा प्रसौनी, पटेर्वा सुगौली, जगरनाथपुर, जिराभावानीलगायतका गाउँपालिकामा सडक बिग्रेकाले स्थानीयवासी एक वडाबाट अर्को वडासम्म जान सक्ने अवस्था नरहेको स्थानीय किसान विजय पण्डितको गुनासो छ । सदरमुकाम वीरगञ्जलाई पर्साको ग्रामीण क्षेत्रसम्म जोड्ने वैकल्पिक मार्गको रुपमा रहेको जनता सडक पनि जीर्ण तथा हिलाम्य भएपछि पटेर्वासुगौलीको सुगौली देउकी तथा धर्मपुर गाउँको पनि अवस्था यस्तै रहेको स्थानीयवासीको भनाइ छ । रासस

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.