खोलाले बगाउँदा महिलाको मृत्यु - pharaksandesh.com

मुख्य समाचार


Sunday, 21 June 2020

खोलाले बगाउँदा महिलाको मृत्यु

दार्चुला, ७ असार  : नौगाड गाउँपालिकामा खोलाले बगाउँदा एक महिलाको मृत्यु भएको छ । वडा नं ३ की २६ वर्षीया कमला ठगुन्नाको मृत्यु भएको हो । आज बिहान खोला तर्ने क्रममा ठगुन्नाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

मृतक ठगुन्नाका दुई छोरी रहेका छन् । घटनास्थलमा इलाका प्रहरी कार्यालय गोकुलेश्वरबाट प्रहरी निरीक्षक खगेन्द्र साउँदको टोली खटिएको छ ।(रासस)

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.