बुद्धचित्तसहित पक्राउ - pharaksandesh.com

मुख्य समाचार


Monday, 29 June 2020

बुद्धचित्तसहित पक्राउ

काठमाडौँ, १५ असार : अवैधरुपमा सञ्चय गरी राखेको बुद्धचित्तको मालासहित काठमाडौँको स्वयम्भू बडेगालका सरोज तिमिल्सिनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ । 

अवैधरुपमा सञ्चय गरी राखेको बुद्धचित्तको माला ११ किलो ७०० ग्राम तथा नउनेको अवस्थामा रहेको बुद्धचित्त २४ किलोसहित प्रहरीले उनलाई पक्राउ गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । 

तिमिल्सिनाको घरमा अवैधरुपमा बुद्धचित्त सञ्चय गरिराखेको भन्ने सूचनाका आधारमा महानगरीय प्रहरीवृत्त स्वयम्भूबाट खटिएको प्रहरीले घर तलासी गर्दा उक्त परिमाणको बुद्धचित्त फेला पारेको हो । सानो माला ४१६ थान र ठूलो माला छ थान फेला पारिएको प्रहरीले जनाएको छ । उक्त घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । (रासस)

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.