कश्मिरमा दुई आतंककारी मारिएको भारतीय प्रहरीको भनाई - pharaksandesh.com

मुख्य समाचार


Tuesday, 23 June 2020

कश्मिरमा दुई आतंककारी मारिएको भारतीय प्रहरीको भनाई

पुलवामा, जम्मु एण्ड कश्मिर, ९ असार : भारतीय सुरक्षा निकायले जम्मु तथा काश्मिरको पुलवामामा गरेको कारबाहीका क्रममा मङगलबार दुई जना आतंककारी मारिएको जनाएको छ । पछिल्ला केही दिनमा भारतीय सुरक्षा निकायले जारी राखेको आतंककारीविरुद्धको कारबाहीका क्रममा ती आतंककारी मारिएको बताएका छन् । 

सो क्षेत्रमा भारतीय सेना र प्रहरीको संयुक्त सुरक्षा फौजले सो कारबाही गरिरहेको बताइएको छ । मङगलबार भएको सो कारबाहीमा दुई जना आतंककारी मारिएका र एकजना भारतीय सेनाका सदस्य घाइते भएका बताइएको छ । 

जम्मुस्थित भारतीय प्रहरी पोष्टले दिएको जानकारीअनुसार भारतीय सेनाले घाइते सैनिकको उद्धार गरी अस्पतालसम्म पुर्याएको जनाएको छ । गस्तीमा रहेको सुरक्षा फौजमाथि गरेको आक्रमणको प्रतिकारको क्रममा ती आतंककारी मारिएको पनि प्रहरीले जनाएको छ । 

प्रहरीले मारिएका ती आतंककारीको साथबाट शक्तिशाली हतियार पनि बरामद गरेको जानकारी दिएको छ ।(रासस/एएनआई) 

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.