टिपर दुर्घटनामा दुईको मृत्यु - pharaksandesh.com

मुख्य समाचार


Saturday, 4 July 2020

टिपर दुर्घटनामा दुईको मृत्यु

झिमरुक, २० असार : प्युठानमा टिपर दुर्घटना हुँदा आज दुई जनाकोे मृत्यु भएको छ । सरुमारानी गाउँपालिका वडा नं ६ मोतीपुरमा नौबहिनी गाउँपालिका वडा नं ८ लुफ्लुङबाट दाङको कालाकाटेतर्फ चुनढुङ्गा लिएर जाँदै गरेको ना ७ ख ८९३८ नं को टिपर दुर्घटना हुँदा वडा नं ६ का टिपर चालक ३० वर्षीय रोशन थापा र सहचालक ३५ वर्षीय झगबहादुर पुनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानका सूूचना अधिकारी प्रहरी निरीक्षक विष्णुप्रसाद पौडेलले बताउनुभयो । 

उहाँका अनुसार सडकदेखि करीब ६ सय मिटर तल माडी खोलामा खसेको सो टिपर पूर्ण रुपमा क्षतिग्रस्त भएको छ । (रासस) 

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.