ब्राजिलमा चार अन्तर्राष्ट्रिय खेलाडी कोरोनाबाट सङ्क्रमित - pharaksandesh.com

मुख्य समाचार


Wednesday, 1 July 2020

ब्राजिलमा चार अन्तर्राष्ट्रिय खेलाडी कोरोनाबाट सङ्क्रमित

रियो दी जेनेरियो, १७ असार  : विश्वभरी महामारीको रुपमा फैलिएको कोरोनाभाइरसबाट ब्राजिलमा चार जना अन्तर्राष्ट्रिय फुटबल खेलाडी पनि सङ्क्रमित भएका छन् । 

सङ्क्रमित खेलाडीहरुको नामावली सार्वजनिक नगरिए पनि उनीहरुलाई अहिले स्वास्थ्यकर्मीहरुको निगरानीमा अलग राखेको छ । 

ब्राजिलको पोट्रो एलेग्रा फुटबल क्लबले मंगलबार वक्तव्य जारी गर्दै आफ्ना चार खेलाडी सङ्क्रमित भएको र उनीहरुको अहिले उपचार भइरहेको पुष्टि गरेको छ । उनीहरुको फेरि परीक्षण गरिनेछ, वक्तव्यमा उल्लेख छ ।

ब्राजिलमा आगामी अगस्ट ८ तारिखदेखि सिरी ए लिग शुरु हुने कार्यतालिका सार्वजनिक गरिएको थियो । पूर्वनिर्धारित तालिका भन्दा तीन महिना पछाडि सारेर सो च्याम्पियनसीप शुरु गर्ने तयारी गरिएको हो ।

ब्राजिलमा १४ लाखको हाराहारीमा कोरोनाभाइरस संक्रमित पुगिसकेका छन् भने झण्डै ६० हजारको मृत्यु भइसकेको छ ।(रासस/सिन्ह्वा)

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.