गण्डकीमा थप ३२ जनामा सङ्क्रमण पुष्टि, कुल सङ्ख्या १०६३ पुग्यो - pharaksandesh.com

मुख्य समाचार


Friday, 3 July 2020

गण्डकीमा थप ३२ जनामा सङ्क्रमण पुष्टि, कुल सङ्ख्या १०६३ पुग्यो

पोखरा, १९ असार : गण्डकी प्रदेशका शुक्रबार चार जिल्लामा ३२ जना काेराेना सङ्क्रमित थपिएका छन् । योसँगै प्रदेशभर सङ्क्रमितको सङ्ख्या एक हजार ६३ पुगेको छ । नवलपुरको सुस्तापूर्वमा सबैभन्दा बढी १९ जनामा सङ्क्रमण पुष्टि भएको छ । 

त्यसैगरी तनहुँमा नाै जना, पर्वतमा तीन जना र बाग्लुङमा एक जनामा पुष्टि भएको हो । सङ्क्रमित पुष्टि भएका ३२ जनामध्ये चार जना महिला रहेका छन् भने अन्य सबै पुरुष रहेको स्वाथ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ ।

प्रदेश क्षयरोग केन्द्र, पोखरा र भरतपुर अस्पताल, चितवन गरिएको परीक्षणमा सङ्क्रमण पुष्टि भएको हो । सङ्क्रमित सबै व्यक्तिहरूलाई सम्बन्धित जिल्लामा रहेका आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको छ ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.