प्रदेश नं १ : ३८ नयाँ सङ्क्रमित थपिए - pharaksandesh.com

मुख्य समाचार


Saturday, 4 July 2020

प्रदेश नं १ : ३८ नयाँ सङ्क्रमित थपिए

विराटनगर, २० असार : प्रदेश नं १ मा शुक्रबार ३८ जना कोभिड–१९ सङ्क्रमित थपिएका छन् । यसरी सङ्क्रमित हुनेमा चार महिला र ३४ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । 

मन्त्रालयका अनुसार झापामा २८, मोरङ र उदयपुरमा पाँच÷पाँच जनामा कोभिड–१९ पोजेटिभ रिपोर्ट देखिको छ । झापाको मेचीनगरमा १४, हल्दीबारीमा तीन, अर्जुनधारामा दुई महिलासहित आठ, विर्तामोडमा एक महिला, कनकाईमा एक महिलासहित दुई, मोरङको विराटनगरमा तीन, बेलबारी र बूढीगङ्गामा एक÷एक, उदयपुरको वेलकामा पाँच जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ । योसँगै प्रदेशमा सङ्क्रमितको सङ्ख्या ६५३ पुगेको छ । 

यस्तै प्रदेशबाट शुक्रबार छ जना सङ्क्रमितको निको भई घर फर्केका छन् । घर फर्कनेमा मोरङका चार र सुनसरीका दुई जना रहेका छन् । प्रदेशमा निको हुने सङ्क्रमितको सङ्ख्या ४०६ पुगेको छ । (रासस)

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.