कर्णालीमा कोरोना निको हुनेको सङ्ख्या एक हजार दुई सय नाघ्यो - pharaksandesh.com

मुख्य समाचार


Sunday, 5 July 2020

कर्णालीमा कोरोना निको हुनेको सङ्ख्या एक हजार दुई सय नाघ्यो

सुर्खेत, २१ असार : कर्णाली प्रदेशमा कोरोना भाइरस सङ्क्रमणपछि निको भई डिस्चार्ज हुनेको सङ्ख्या एक हजार २०० नाघेको छ । सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका अनुसार पछिल्लो चौबिस घण्टामा विभिन्न आइसोलेशनबाट २३ जना डिस्चार्ज भएसँगै कोरोना निको हुने सङ्ख्या १२०१ पुगेको हो । 

पछिल्लो चौबिस घण्टामा कोरोना जितेर घर जानेहरुमा दैलेको आठबीस आइसोलेशनबाट २० र प्रदेश अस्पताल सुर्खेतबाट तीनजना रहेका छन् । सामाजिक विकास मन्त्रालयअन्तर्गतको स्वास्थ्य महाशाखाद्वारा नियमित मिडिया ब्रिफिङमा पछिल्लो चौबिस घण्टामा छ जना कोरोना सङ्क्रमण पुष्टि भएको जनाइएको छ । महाशाखा प्रमुख डा लक्ष्मीनारायण तिवारीले दैलेख जिल्ला अस्पतालस्थित प्रयोगशाला र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु काठमाडौँमा गरिएको परीक्षणमा जानकारी दिनुभयो । 

थपिएका सङ्क्रमितमध्ये सल्यानको दार्मा गाउँपालिकाका पाँच र दैलेखको डुङ्गेश्वर गाउँपालिकाका एकजना रहेका छन् । कर्णालीमा कूल सङ्क्रमितको सङ्ख्या एक हजार ४८९ पुगेको छ भने ६ जनाको मृत्यु भइसकेको छ । त्यस्तै, २८२ जनामात्र आइसोलेशनमा रहेका छन् ।(रासस)

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.