संसद् अधिवेशन अन्त्य गर्न सिफारिस गर्ने मन्त्रिपरिषद् निर्णय - pharaksandesh.com

मुख्य समाचार


Thursday, 2 July 2020

संसद् अधिवेशन अन्त्य गर्न सिफारिस गर्ने मन्त्रिपरिषद् निर्णय

काठमाडाैँ, १८ असार : सरकारले संसदको बजेट अधिवेशन अन्त्य गर्न सिफारिस गरेको छ । आज बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकले साँझ ५ बजेबाट अधिवेशन गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

मन्त्रिपरिषद् बैठकअघि प्रधानमन्त्री केपी शर्मा ओलीले शीतल निवास पुगेर राष्ट्रपति विद्यादेवी भण्डारीसँग समसामयिक विषयमा परामर्श गरेका थिए । राष्ट्रपतिसँग छलफल गरेर आएपछि केहीबेर मात्रै बसेको मन्त्रिपरिषद् बैठकले संसद् अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

मन्त्रिपरिषद् बैठकपछि बालुवाटारमा नेकपाको स्थायी कमिटी बैठक पनि सुरु भइसकेको छ ।

बिहीबार ११ बजेलाई तय भएको स्थायी कमिटी बैठक १२ बजेपछि सुरु भएको थियो । पार्टी बैठक तय भएकै बेला प्रधानमन्त्री ओलीले १२ बजेलाई मन्त्रिपरिषद् बैठक बोलाएका थिए ।

पार्टी स्थायी कमिटी बैठकमा बहुमत नेताहरुले ओलीले पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट राजीनामा दिनुपर्ने माग राखेका छन् ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.