धेरै शरिताहरूको चुरी फुरी हरायो अब - pharaksandesh.com

मुख्य समाचार


Saturday, 4 July 2020

धेरै शरिताहरूको चुरी फुरी हरायो अब

गजल
धेरै शरिताहरूको चुरी फुरी हरायो अब,
तारे होटलका चिकन तन्दुरी हरायो अब।

आफ्नै खुट्टमा बन्चरो हान्ने नेता गणको,
सबै लाज सरम र कुरी कुरी हरायो अब।

पार्टी एकतामा दुबैको घाँटी जोडे पनि ,
भौतिक सामिप्यताको दुरी हरायो अब।

 गुट फुट र टुटले जीर्ण भएको पार्टीभित्र,
सत्ता फेर बदलको हावा हुरी हरायो अब।

शासनको सत्ता पाँच वर्षे सहमति भयो रे,
मन्त्रीको झोसपोल र उजुरी हरायो अब।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.