बालुवाटारमा तमासा भयो : गगन थापा - pharaksandesh.com

मुख्य समाचार


Wednesday, 1 July 2020

बालुवाटारमा तमासा भयो : गगन थापा

काठमाडाैँ, १७ असार : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाभित्रको विवादलाई लिएर नेपाली कांग्रेसका युवा नेता गगन थापाले बालुवाटारमा तमासा भएको टिप्पणी गर्नुभएको छ । 

उहाँले सामाजिक सञ्जाल फेसबुकमा लेख्नुभएको छ; "बालुवाटारमा तमासा छ ‬! ‪सरकार चलाउनेहरु जोगिन र आफ्ना जोगाउन व्यस्त छन् । तर न त सलह किराले आफ्नो काम रोकेको छ न त कोरोना भाइरसले । बरु यिनको त गति र प्रभाव बढ्दो छ।‬ ‪त्यसैले नेकपा सचिवालयलाई विनम्र अनुराेध छ : अति भयो यो तमासा, अब हामीलाई कुरा सुन्ने र काम गर्ने सरकार दिनुहोस् ।"


स्थायी कमिटी बैठकमा प्रधानमन्त्रीको राजीनामा माग भएपछि नेकपाभित्र विवाद बढेको छ । देशको मुख्य समस्या समाधानमा ध्यान दिनुपर्ने बेला पार्टीभित्रको विवादमा अल्झिएको भन्दै सरकार र नेकपा नेतृत्वको आलोचना भैरहेको छ ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.