हिमालय एयरलाइन्सको उद्धार उडान तालीका सार्वजनिक - pharaksandesh.com

मुख्य समाचार


Thursday, 2 July 2020

हिमालय एयरलाइन्सको उद्धार उडान तालीका सार्वजनिक

काठमाडौँ, १८ असार : हिमालय एयरलाइन्सले विभिन्न मुलुकबाट नेपालीको उद्धारका लागि जुलाई महिनामा हुने चार्टर्ड उडानको कार्यतालिका सार्वजनिक गरेको छ ।

जुलाई २ देखि १० सम्मको उद्धार उडान निर्धारण गरिएको कम्पनीले विज्ञप्तिमार्फत जनाएको छ । 

कोभिड १९ महामारीका कारण विभिन्न मुलुकमा अलपत्र परेका नेपालीको उद्धार गरी नेपाल ल्याउन सरकारले दिएको अनुमतिअनुरुप उडान तालिका बनाइएको कम्पनीले उल्लेख गरेको छ ।

हिमालयले जुलाई २ तारिखमा माल्दिभ्सको मालेमा चार्टर्ड उडान गर्नेछ । जुलाई २, ४, ६, ८ र १० तारिखमा यूएईको अबुधाबी उडान गर्ने कार्यतालिका छ । जुलाई ५, ६, ९ र १० तारिखमा साउदी अरेबियाको दमामा उडान गर्नेछ । त्यस्तै जुलाई २, ५ र ९ तारिखमा कुवेत, जुलाई ४ र ७ मा कतारको दोहा, जुलाई ५ र ७ मा मलेसियाको क्वालालम्पुर र जुलाई ८ मा चीनमा चार्टर्ड उडान गर्ने जनाएको छ । 

यी उडानमा आउने यात्रुले पीसीआर वा आरडीटी परीक्षण नेगेटिभ रहेको प्रमाण बुकिङको समयमा अनिवार्य पेश गर्न आग्रह गरेको छ । हिमालयले जुन महिनामा पनि १० दिन चार्टर्ड उडान गरेको थियो ।(रासस) 

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.