आजदेखि साधना लघुवित्तको शेयर बिक्री हुँदै - pharaksandesh.com

मुख्य समाचार


Sunday, 5 July 2020

आजदेखि साधना लघुवित्तको शेयर बिक्री हुँदै

काठमाडौँ, २१ असार : साधना लघुवित्त वित्तीय संस्थाको छ लाख ६१ हजार ५२० कित्ता साधारण शेयर आइतबारदेखि बिक्री हुने भएको छ । नेपाल राष्ट्र बैंकले ‘घ’ वर्गको वित्तीय संस्थाका रुपमा अनुमति दिएको सो संस्थाले प्रतिकित्ता रु १०० का दरले कूल रु छ करोड ६१ लाख ५२ हजार बराबरको साधारण शेयर बिक्री गर्न लागेको हो । 

वित्तीय संस्थाको जारी पूँजी रु २१ करोड ७७ लाख ८० हजारको ३२.५० प्रतिशतले हुन आउने रु सात करोड सात लाख ८० हजार बराबरको रु १०० अङ्कित दरका सात लाख सात हजार ८०० कित्तामध्ये जारी पूँजीको ०.५० प्रतिशत अर्थात् १० हजार ८९० कित्ता शेयर कर्मचारीलाई तथा सर्वसाधारणलाई छुट्याएको छ । सोमध्ये पाँच प्रतिशत अर्थात् ३५ हजार ३९० कित्ता शेयर सामूहिक लागनी कोषका लागि सुरक्षित गरिएको छ । 

उक्त वित्तीय संस्थाको साधारण शेयरको बिक्री प्रबन्धकमा ग्लोबल आइएमएई क्यापिटल लिमिटेड रहेको छ । बिक्री प्रबन्धकका अनुसार आइतबारदेखि बिक्री हुने साधारण शेयर छिटोमा यही असार २४ गतेसम्म र ढिलोमा आगामी साउन ४ गतेसम्म बिक्री गरिनेछ । इक्रा नेपालले गरेको रेटिङमा सो वित्तीय संस्थाको शेयर औसतभन्दा तल आधार रहेको उल्लेख गरिएको छ । नेपाल धितोपत्र बोर्डले यही असार ७ गते साधारण शेयर निष्कासनका लागि संस्थालाई स्वीकृति दिएको थियो । (रासस) 

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.