भारतको उडिसामा सुरक्षा कारबाहीमा चार माओवादी लडाकू मारिए - pharaksandesh.com

मुख्य समाचार


Monday, 6 July 2020

भारतको उडिसामा सुरक्षा कारबाहीमा चार माओवादी लडाकू मारिए

उडिसा, २२ असार : भारतको उडिसाको कान्धामल जिल्लामा भारतमा सशस्त्र विद्रोह गरिरहेका चार जना माओवादी लडाकूको सरक्षा कारबाहीमा ज्यान गएको बताइएको छ । उक्त जिल्लामा भारतीय सुरक्षा बलका सदस्यहरुसँग भएको दोहोरो भिडन्तमा परी ती माओवादी लडाकू मारिएको बताइएको छ । 

उडिसा राज्यका प्रमुख सचिव अजित त्रिपाठीले सो कुराको जानकरी दिनुभएको भारतीय सञ्चारमाध्यमहरुले जानकारी गराएका छन् । मुख्य सचिव त्रिपाठीले सोमबार बिहान ट्वीट गरेर सो क्षेत्रमा सुरक्षा गस्तीमा रहेका भारतीय सुरक्षा बलका सदस्यहरुसँगको भिडन्तमा परी चार जना माओवादी विद्रोहीको ज्यान गएको बताउनुभएको छ । 

उहाँले त्यस क्रममा सफल रुपमा माओवादी विरुद्धमा कारबाही गर्न सकेको र सुरक्षाकर्मीतर्फ कुनै क्षति नभएको भन्दै सुरक्षा अधिकारी तथा सुरक्षा गस्तीमा रहेका सुरक्षाकर्मीहरुलाई बधाई पनि दिनुभएको छ । 

उडिसाको राज्य सरकारले अतिवादीहरुका विरुद्धमा कडा कारबाही गर्न सक्ने सन्देश पनि यो सफल कारबाहीबाट दिएको पनि मुख्य सचिव अजितले बताउनुभएको छ ।(रासस/एएनआई) 

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.