नेकपा स्थायी कमिटी बैठक स्थगित, भाेलि ११ बजे पुनः बस्ने - pharaksandesh.com

मुख्य समाचार


Wednesday, 1 July 2020

नेकपा स्थायी कमिटी बैठक स्थगित, भाेलि ११ बजे पुनः बस्ने

काठमाडौँ, १७ असार : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी पाँचाै बैठक बालुवाटारमा शुरु भएर केही सदस्यले बाेलेपछि भाेलि ११ बजे पुनः बस्ने गरी स्थगित भएकाे छ । नेताहरूकाे संसदमा जानुपर्ने भएकाले बैठक स्थगित भएकाे हाे । बिहान ११ बजेदेखि बैठकको समय निर्धारण भएको भए पनि दुई अध्यक्षबीचको परामर्शले केही समय ढिला भएको थियाे ।

जारी नेकपाको स्थायी कमिटी बैठकमा मङ्गलबार नेताहरूबीच गम्भीर बहस भएपछि बुधबार बिहान दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आन्तरिक छलफल भएको थियाे । स्थायी कमिटी बैठकअघि अध्यक्ष प्रचण्ड बालुवाटारमा पुगेर अर्का अध्यक्ष ओलीसँग परामर्श गर्नुभएको प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिनुभयो ।

दुई अध्यक्षबीचको परामर्शपछि बैठक शुरु भएकाले आजको बैठक सौहार्द्रपूर्ण ढङ्गले चल्ने विश्वास गरिएको थियाे । बैठकमा दुवै अध्यक्षको सहभागिता रहेको थियाे ।

पार्टीको बैठक कार्यसूचीमा नेताहरू बोल्ने क्रम जारी रहे पनि मङ्गलबारको बैठक एजेण्डाबाहिर गएर छलफल भएको थियो । पार्टीको आन्तरिक एकता प्रक्रिया र मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) बारे अझै नेताहरूले बोल्ने क्रम जारी छ ।
बैठकअघि बुधबार बिहान प्रधानमन्त्रीले केही मन्त्रीहरूसँग पनि परामर्श गर्नुभएको थियो ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.