काठमाडौँ, १८ असार : मन्त्रिपरिषद्को बैठकले संसद् अधिवेशन अन्त्य गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेसँगै बालुवाटारमा जारी नेकपा स्थायी कमिटी बैठक प्रभावित भएको छ ।बिहीबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकले संसद्को बजेट अधिवेशन अन्त्य गर्न अचानक निर्णय गरेपछि नेकपा स्थायी कमिटी बैठक पनि प्रभावित भएको हो ।
अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अध्यक्षता गर्नुभएको बैठकमा प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली आउन नमानेपछि अहिले स्थायी कमिटी बैठक रोकिएको छ । अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा अोली शीतलनिवासबाट भर्खरै बालुवाटार फर्किनुभएको उहाँको सचिवालयले जानकारी गराइएको थियाे तर स्थायी कमिटी बैठकमा प्रधानमन्त्री ओली उपस्थित नभएपछि स्थायी कमिटी बैठक पनि रोकिएको छ ।

बैठक रोकिएपछि अहिले ओलीसँग अर्का अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेताद्वय माधव नेपाल र झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम, महासचिव विष्णु पौडेललगायतका सचिवालय नेताहरु छलफलमा जुटेका छन् ।

No comments:
Post a Comment