नेकपा स्थायी कमिटी बैठक सोमबारसम्म स्थगित - pharaksandesh.com

मुख्य समाचार


Saturday, 4 July 2020

नेकपा स्थायी कमिटी बैठक सोमबारसम्म स्थगित

काठमाडौँ, २० असार : प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा अ‍ोली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीचको सहमतिकाे वातावरण बनाउन नेकपा स्थायी कमिटीको बैठक २२ गते सोमबारसम्मका लागि स्थगित गरिएको छ ।

आज बिहान ११ बजे तय भएको स्थायी कमिटीको बैठक २२ गते सोमबारसम्मका लागि स्थगित गरिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताउनुभयो । यसबीचमा थप सहमतिको प्रयास हुने अनुमान गरिएको छ ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.