अमेरिकामा कोरोनाइभाइरसको भ्याक्सिनको परीक्षण जारी - pharaksandesh.com

मुख्य समाचार


Wednesday, 1 July 2020

अमेरिकामा कोरोनाइभाइरसको भ्याक्सिनको परीक्षण जारी

वासिङ्टन, १७ असार : संयुक्तराज्य अमेरिकाको खाद्य तथा औषधि प्रशासन (एफडीए) ले कोरोनाभाइरसको भ्याक्सिनको क्लिनिकल परीक्षणका लागि अनुमति दिएको छ ।

एफडिएका प्रमुख स्टिफेन हानले चार किसिमका खोपहरुको क्लिनिकल परीक्षणका लागि अनुमति दिइएको जानकारी दिनुभयो । उहाँले अरु छ किसिमका खोप पनि परीक्षणको क्रममा रहेको बताउनुभयो । 

अमेरिकी प्रशासनले सन् २०२१ को जनवरीसम्ममा कोविड–१९ का लागि ३० करोड भ्याक्सिन उत्पादन गरी बितरण गर्ने लक्ष्य राखेको छ । 

यसैबीच, अमेरिकी संक्रामक रोग विज्ञ एन्थोनी फाउचीले अमेरिकामा सुरक्षित र कामकाजी किसिमको भ्याक्सिन तयार हुनेमा अझै आशावादी हुने लक्षण नदेखिएको चेतावनी दिनुभएको छ । 

उहाँले भ्याक्सिनका प्रभावकारिता सम्बन्धी विवरणहरु आगामी वर्षको शुरुतिर मात्र प्राप्त हुने पनि जानकारी दिनुभयो ।(रासस–एएनआई)

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.