काेराेना सङ्क्रमणकाे कारण ४९ दिने शिशुकाे मृत्यु - pharaksandesh.com

मुख्य समाचार


Thursday, 2 July 2020

काेराेना सङ्क्रमणकाे कारण ४९ दिने शिशुकाे मृत्यु

काठमाडाैँ, १८ असार : नेपालमा कोरोना भाइरस सङ्क्रमणको कारण ४९ दिनका शिशुको मृत्यु भएको छ ।

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचार गराइरहेका म्याग्दीको धौलागिरि गाउँपालिका ४ का ४९ दिनका शिशुको कोरोनाकाे कारण मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

गएकाे असार ९ गते अस्पताल भर्ना भएका शिशुलाई सघन उपचार कक्ष (आईसीयू) मा राखेर उपचार गरिएको र उनकाे हिजो मृत्यु भएको मन्त्रालयले जनाएको छ । यससँगै नेपालमा कोरोनाकाे कारण मृत्यु हुनेको सङ्ख्या ३१ पुगेको छ ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.