कङ्काल सञ्चारकर्मी तेजुको भएको पुष्टि - pharaksandesh.com

मुख्य समाचार


Wednesday, 1 July 2020

कङ्काल सञ्चारकर्मी तेजुको भएको पुष्टि

बाजुरा, १७ असार : बूढीनन्दा नगरपालिका पाटन क्षेत्रमा भेटिएको कङ्काल दुई वर्ष अगाडि बेपत्ता भएका सञ्चारकर्मी तेजु खड्काको भएको पुष्टि भएको छ । विसं २०७६ मङ्सिरमा कङ्काल भेटिएकामा परीक्षणपछि खड्काको भएको पुष्टि भएको हो ।

नेपाल प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशालामा डिएनए परीक्षणका लागि पठाइएको कङ्काल परीक्षणपछि खड्काकै पुष्टि भएकोे जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक टङ्कप्रसाद भट्टराईले बताउनुभयो।

बुढीनन्दा तीर्थयात्रामा जानुभएका खड्का घर फर्किने क्रममा बीच बाटाबाटै बेपत्ता हुनुभएको थियो । बेपत्ता खड्काको खोजी गर्ने क्रममा एक वर्षपछि दुई करङ, झोला र परिचयपत्र भेटिएको थियो । 

डोटीको दिपायल सिलगढी नगरपालिका १ तिखा घर हुनुभएका खड्काले बाजुराको कोल्टीमा रहेको रेडियो बूढीनन्दामा बजार व्यवस्थापकका रुपमा काम गर्दै आउनुभएको थियो । खड्का २०७५ भदौ ९ गते बूढीनन्दामा लागेको मेलाबाट फर्किने क्रममा बेपत्ता हुनुभएको थियो ।(रासस)

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.