१८ केजी गाँजासहित एक पक्राउ - pharaksandesh.com

मुख्य समाचार


Sunday, 5 July 2020

१८ केजी गाँजासहित एक पक्राउ

धरान, २१ असार: सुनसरीको देवानगन्ज गाउपालिका–३ पाचौंसिमर नजिकबाट प्रहरीले गत असार १९ गते १८ केजी गाँजासहित एक जनालाई पक्राउ गरेको छ ।

प्रहरी चौकी कप्तानगञ्जबाट खटिएको प्रहरी गस्ती टोलिले चेकजाँच गर्ने क्रममा देवानगन्ज गाउँपालिका–३ का ४३ बर्षीय चुनिलाल सरदारलाई प्रहरीले पक्राउ गरेको हो ।

उनी भारततर्फ लैजादै गरेको को २ ह ६५३७ नम्वरको अटो रोकी चेकजाँच गर्दा उक्त अटो भित्र प्लाष्टिकले वेरी युरिया मल राख्ने प्लाष्टिकको बोरा भित्र तयारी अवैध लागु औषध १८ केजी गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालयका एसपी कमल थापाले जानकारी दिए ।

पक्राउ परेका सरदारलाई लागुऔषध नियन्त्रण ऐन २०३३ बमोजिम जिल्ला अदालत सुनसरीबाट आज ७ काे म्याद थप गरी कारवाही प्रकृया अगाडी बढाइएको प्रहरीले जनाएको छ ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.