अष्ट्रेलियाबाट सहजै रुपमा विप्रेषण भित्र्याइने - pharaksandesh.com

मुख्य समाचार


Monday, 6 July 2020

अष्ट्रेलियाबाट सहजै रुपमा विप्रेषण भित्र्याइने

काठमाडौँ, २२ असार : अष्ट्रेलियामा रहेका नेपालीले आफूले कमाएको पैसा सहज रुपमा आफ्ना आफन्तलाई पठाउन सक्ने भएका छन् । सनराइज बैंक र अष्ट्रेलियामा रहेको ह्वाइट एभरेष्टद्धारा सञ्चालित रोयल रेमिटबीच विप्रेषण पठाउने सम्बन्धी द्विपक्षीय सम्झौतामा हस्ताक्षर भएको छ । विद्युतीय प्रणाली मार्फत विप्रेषण उपलब्ध गराउने सम्बन्धी सम्झौतामा आइतबार हस्ताक्षर भएको बैंकले जनााएको छ ।

सम्झौता अनुसार अष्ट्रेलियामा रहेका नेपालीले नेपालमा रहेका आफन्त तथा इष्टमित्रहरुलाई पैसा पठाउन अझ सरल र सुलभ हुने आशा गरिएको छ । रोयल रेमिट नेपाल मार्फत पैसा पठाउदा उच्च विनिमय दरमा रकम पठाउन सकिने व्यवस्था समेत गरेको छ । रोयल रेमिट नेपाल मार्पmत अष्ट्रेलियाबाट नेपालमा पठाएको पैसा केही मिनेटमै सनराइज बैंकका देशभर रहेका १३० शाखा तथा बैंकका देशभरी छरिएका १० हजार भन्दा बढी एजेन्ट सञ्जाल मार्फत सजिलै नगद भुतmानी लिन सकिनेछ ।

बैंक खातावालाको हकमा भने यो सेवा सनराइज बैंकको खातामा मात्र सीमित नभइ देशका अरु विभिन्न वाणिज्य र विकास बैंकको खातामा केही मिनेटमै रकम जम्मा गर्न सकिने व्यवस्था मिलाइएको बैंकले जनाएको छ ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.