मोटरसाइकलको ठक्करबाट मृत्यु - pharaksandesh.com

मुख्य समाचार


Tuesday, 4 August 2020

मोटरसाइकलको ठक्करबाट मृत्यु

रुपन्देही, २० साउन : बुटवल उपमहानगरपालिका –२ गढिटोलस्थित भित्री सडकखण्डमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ । लु २१ प ३८१२ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा गढिटोल निवासी ४५ वर्षीय सुरेन्द्र केशरीको गए राति मृत्यु भएको हो ।

उहाँको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारका क्रममा मृत्यु भएको ५ नं प्रदेश प्रहरी कार्यालयका प्रवक्ता बैजनाथ चौधरीले जानकारी दिनुभयो ।(रासस)

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.