लिदी पहिरोः सभामुख सापकोटा लगायतको टोली हेलिकप्टरमार्फत घटनास्थलमा - pharaksandesh.com

मुख्य समाचार


Friday, 14 August 2020

लिदी पहिरोः सभामुख सापकोटा लगायतको टोली हेलिकप्टरमार्फत घटनास्थलमा

सिन्धुपाल्चोक, ३० साउन : जुगल गाउँपालिका २ लिदीमा गएको भीषण पहिरोमा परेकाको उद्दारका लागि सभामुख अग्नीप्रसाद सापकोटा लगायतको टोली हेलीकप्टर मार्फत घटनास्थल पुग्नुभएको छ ।

उद्दारको लागि सभामुख अग्नि सापकोटा, नेकपाका केन्द्रिय सदस्य माधव सापकोटा, चौतारा सागाचोकगढी नगरपालिकाका प्रमुख अमानसिङ तामाङ, नेकपा नेता सरल सहयात्री, जिल्ला समन्वय समितिका प्रमुख कृष्णगोपाल तामाङ, जुगल गाउँपालिकाका अध्यक्ष होमनारायण श्रेष्ठ, उपाध्यक्ष सिर्जना तामाङसहितको टोली हेलिकप्टर लिएर जुगलको लिदी पुगेको सभामुख सापकोटाको सञ्चार विज्ञ श्रीधर न्यौपानेले जानकारी दिनुभयो ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.