घुस लिएको अभियोगमा मुद्दा - pharaksandesh.com

मुख्य समाचार


Monday, 3 August 2020

घुस लिएको अभियोगमा मुद्दा

काठमाडौँ, १९ साउन  : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रु ६५ हजार घुस लिएको अभियोगमा इटहरी नगरपालिका सुनसरीका लेखा अधिकृत विकास पोखरेल विरुद्ध आइतवार विशेष अदालतमा मुद्दा दायर गरेको छ । 

उपमहारनगरपालिकाको शिक्षा शाखाले कक्षा ८ को परीक्षा सञ्चालनमा भएको खर्चको फरफारक गरी भुक्तानी दिने क्रममा पोखरेलले सेवाग्राहीसँग घुस माग गरेको आरोप लागेको छ । आयोगका प्रवक्ता तारानाथ अधिकारीका अनुसार आरोपी पोखरेल विरुद्ध बिगो अनुसारको कारवाहीको माग दाबी गरिएको छ ।(रासस)

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.