थप २५९ जना सङ्क्रमित, कुल २१ हजार नाै पुग्याे - pharaksandesh.com

मुख्य समाचार


Tuesday, 4 August 2020

थप २५९ जना सङ्क्रमित, कुल २१ हजार नाै पुग्याे

काठमाडौं, २० साउन : कोरोना भाइरसका २५९ जना नयाँ सङ्क्रमित थपिएका छन् । यससँगै नेपालमा कुल सङ्क्रमितको संख्या २१ हजार नाै पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नो दैनिक प्रेस ब्रिफिङको क्रममा नेपालमा पाँच हजार ९२५ जनामा कोरोना भाइरसको सङ्क्रमण सक्रिय रहेको जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा छ हजार ५९४ जनाको स्वाब परीक्षण गरिएको छ । हाल दश हजार २६ जना क्वारेन्टिनमा छन् ।

मन्त्रालयका प्रवक्ता डा. गौतमले पछिल्लो चौबीस घण्टामा ६५ जना सङ्क्रमित निको भएर घर फर्केका छन् । यो सँगै हालसम्म १५ हजार २६ जना सङ्क्रमित कोरोना मुक्त भइसकेका छन् । कोरोना सङ्क्रमणबाट ५८ जनाको मृत्यु भएको छ ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.