पारमाणविक अनुसन्धान केन्द्र स्थापना हुँदै - pharaksandesh.com

मुख्य समाचार


Saturday, 22 August 2020

पारमाणविक अनुसन्धान केन्द्र स्थापना हुँदै

काठमाडौँ, ६ भदौ : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले मुलुकमा पारमाणविक अनुसन्धान केन्द्र तथा बहुविधागत प्रयोगशालाको स्थापनाका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर)को कार्य अगाडि बढाइएको बताउनुभएको छ ।

नेपाल फिजिकल सोसाइटीको एनपिस स्कूल अफ एड्भान्सड कम्प्युटिङको आज उद्घाटन गर्दै उहाँले विज्ञान प्रविधि तथा नवपर्वतन नीति, २०७६, रेडियोधर्मी पदार्थको (नियमन तथा उपयोग) सम्बन्धी ऐन, २०७७ का आधारमा कीर्तिपुरस्थित बिपी कोइराला विज्ञान सङ्ग्रहालय अब्जरभेटरी तथा प्लानेटोरियमको सञ्चालन, विधि विज्ञान प्रयोगशालाको प्रदेशस्तरमा विस्तार पनि गरिने जनाउनुभयो । 

मन्त्री पोखरेलले स्थानीय तहमा प्राविधि शिक्षा विस्तार भइरहेको र विज्ञान तथा प्रविधिको एक विशिष्टकृत विश्वविद्यालयको रूपमा मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय स्थापना कार्य अघि बढेको पनि जानकारी दिनुभयो ।(रासस) 

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.