सुनको मूल्यमा ह्रास - pharaksandesh.com

मुख्य समाचार


Sunday, 23 August 2020

सुनको मूल्यमा ह्रास

काठमाडौँ, ७ भदौ : नेपाली बजारमा आज सुनको मूल्यमा सामान्य ह्रास आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार पहेँलो धातुको मूल्यमा प्रतितोला रु ४०० ले गिरावट आएको छ ।

महासङ्घले छापावाला सुनको मूल्य प्रतितोला रु ९८ हजार ४०० तोकेको छ । यस्तै तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार ९०० निर्धारण गरिएको छ । शुक्रबार स्थानीय बजारमा छापावाला सुनको मूल्य प्रतितोला रु ९८ हजार ८०० र तेजाबी सुनको मूल्य प्रतितोला रु ९८ हजार ३०० कायम थियो ।

पहेँलो धातुसँगै चाँदीको मूल्यमा पनि सामान्य गिरावट आएको छ । चाँदी प्रतितोला रु २५ ले घटेर एक हजार ३४५ पुगेको महासङ्घले जनाएको छ ।(रासस) 

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.