जापानका प्रधानमन्त्री अस्पताल भर्ना - pharaksandesh.com

मुख्य समाचार


Monday, 17 August 2020

जापानका प्रधानमन्त्री अस्पताल भर्ना

टोकियो, १ भदौ :  जापानका प्रधानमन्त्री सिन्जे आवे अस्पताल भर्ना हुनुभएको छ । 

उहाँ स्वास्थ्य परीक्षणका लागि अस्पताल भर्ना हुनुभएको प्रधानमन्त्री कार्यालयका अधिकारीहरुले जानकारी दिएका छन् । 

पूर्व अर्थमन्त्री अकिरा अमारीले एउटा टिभी कार्यक्रममा प्रधानमन्त्रीलाई आरामको आवश्यकता भएको बताएको भोलिपल्ट उहाँ अस्पताल जानुभएको हो । 

क्योदो समाचार संस्थाले उहाँ राजधानी टोकियोस्थित केइओ विश्वविद्यालय अस्पतालमा भर्ना हुनुभएको जनाएको छ । 

प्रधानमन्त्री आवेलाई अहिले तत्काल ख्याल नगरेमा पछि अरु ठूला समस्याहरु आउन सक्ने उहाँले चेतावनी दिनुभएको थियो । 

तर उहाँकै कतिपय सहयोगी तथा मन्त्रीपरिषद्का सहयात्रीहरुले भने प्रधानमन्त्री आवेले राम्रोसँग काम गरिरहेकाले स्वास्थ्यमा समस्या भएजस्तो नभएको उल्लेख गरेका छन् । 

“उहाँले राम्रो काम गरिरहनु भएको छ, त्यसमा कुनै समस्या भएजस्तो लाग्दैन,” सरकारको मन्त्रीपरिषद्का मुख्य सचिव योशिहिड सुगाले भन्नुभयो ।(रासस/एएनआई) 

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.