विराटनगर, १५ भदौ : प्रदेश नम्बर १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
सोमबार विराटनगरमा गरिएको पीसीआर परीक्षणमा पोजेटिभ देखिएको घिमिरेले जानकारी दिनुभयो । शनिबार धनकुटामा क्वारेन्टाइन/आइसोलेसन व्यवस्थापनबारे बुझेर फर्केलगत्तै डाइरिया सुरु भएपछि मन्त्री घिमिरे क्वाटरमै बस्नुभएको थियो । ‘आज परीक्षण गर्दा पोजेटिभ आयो,’ उहाँले नेपाल टीभी अनलाइनसँग सोमबार राति भन्नुभयो ।
मन्त्री घिमिरेले आफूसँग सम्पर्कमा रहेकालाई सतर्कता अपनाउन र क्वारेन्टाइनमा बस्न अनुरोध गर्नुभएको छ ।

No comments:
Post a Comment