काठमाडौँ, २३ साउन : उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)को बैठकले कोरोना संक्रमण बढेको भन्दै जिल्ला प्रशासन कार्यालयबाट अत्यावश्यकबाहेकका सेवा १५ दिनलाई स्थगित गर्ने निर्णय गरेको छ । 'जिल्ला प्रशासन कार्यालयले शान्ति सुरक्षासहित अत्यावश्यक सेवाबाहेकका सेवा १५ दिन बन्द गर्ने निर्णय गरिएको छ,' काठमाडौँका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले भन्नुभयाे ।
बैठकले अन्य सरकारी कार्यालयको हकमा कार्यालय प्रमुखले निर्णय गर्ने तय गरेको छ । प्रमुख जिल्ला अधिकारी दाहालका अनुसार अत्यावश्यक सेवा प्रदान गर्नेबाहेक कार्यालयहरु तथा भिडभाड हुने कार्यालयहरुमा पनि यस्तै मापदण्ड लागू गर्नुपर्छ भन्ने छलफल भइ कार्यालय प्रमुखले नै निर्णय गर्ने तय गरिएको छ ।
प्रमुख जिल्ला अधिकारी दाहालका अनुसार अहिले लकडाउन नभएर प्रशासन कार्यालयले प्रदान गर्ने नागिरकता, राहदानी, संघसंस्था दर्तालगायतका सेवा मात्रै राेकिएकाे हाे ।
प्रमुख जिल्ला अधिकारी दाहालका अनुसार अहिले लकडाउन नभएर प्रशासन कार्यालयले प्रदान गर्ने नागिरकता, राहदानी, संघसंस्था दर्तालगायतका सेवा मात्रै राेकिएकाे हाे ।
बैठकले मास्क र स्यानिटाइजरको प्रयोग नगर्ने तथा सुरक्षा सावधानी नअपनाउनेलाई कडा कारबाही गर्ने तथा सवारी साधनमा लागू गरिएको जोरबिजोर प्रणालीलाई कडाईका साथ पालना गराउने पनि निर्णय गरेको छ ।

No comments:
Post a Comment