राष्ट्रकविको अन्तिम गीतः आफू बितेपछि सार्वजनिक गर्न आग्रह गर्नुभएको गीत - pharaksandesh.com

मुख्य समाचार


Wednesday, 19 August 2020

राष्ट्रकविको अन्तिम गीतः आफू बितेपछि सार्वजनिक गर्न आग्रह गर्नुभएको गीत

काठमाडौँ, २ भदौ : राष्ट्रकवि माधवप्रसाद घिमिरेले आफू बितेपछि मात्रै सार्वजनिक गर्न भनी रेकर्ड गराउनुभएको ‘त्यसरी होओस् मरण...’ बोलको श्रव्य सामग्री सञ्चारमाध्यमहरुलाई प्राप्त भएको छ ।

मंगलबार साँझ १०१ वर्षका उमेरमा दिवङ्गत राष्ट्रकवि घिमिरेले यो गीत आफू बितेपछि परिवारले सुन्न र सबै सञ्चारमाध्यमलाई उपलब्ध गराइदिन आग्रह गरी छोरी शान्ति अधिकारीको परिकल्पना र सङ्गीतमा पहिल्यै रेकर्ड गराउनुभएको थियो ।

गीतमा कर्ण दासको स्वर र छ ।

राष्ट्रकविको गीत :
“त्यसरी होओस् मरण
जसरी सुत्छन् तारमा गीतका चारु चरण
हिमालचुली देशमा, दिनको शान्त भेषमा
जसरी गर्छन् विश्राम, सूर्यका स्वर्ण किरण
त्यसरी होओस् मरण ।।
... 
सुन्दर सृष्टि निहारी, सुखैले चिम्लूँ नयन
बिहानीपख रातको, कुसुम पारिजातको
जसरी जान्छ झरेर, भुइँमा विनापवन
त्यसरी होओस् मरण ।।
... 
मुटुमा चोट नपरी, टुटेर जाओस् बन्धन
बादलको सेतो राशमा, दुइटा मूर्ति पासमा
जसरी शिर नुहाई, आफैंँमा हुन्छन् अर्पण
त्यसरी होओस् मरण ।।
... 
अमरापुरी सभामा आफैंँलाई गरूँ वरण
त्यसरी होओस् मरण ।।”

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.