कविता
महाभारतको राजनीति के राजनीति
मेरो देशको राजनीति पो राजनीति ।
कोरोनाका महामारीले जनता न यता न उति
संसार हसाउँने मेरो देशको राजनीति पो राजनीति ।
कोरोना विपतसँग लडिरहेछ विश्वको सत्ता र राजनीति
जनताको विश्वास पोलिरहेछ मेरो देशको राजनीति।
दुशासन र शकुनीको चालभन्दा ठुलो छ बेथिति
अरू देशमा के छ र मेरो देशमा पो छ गज्जब राजनीति ।
सत्तासीनको दाऊ छ पद,पैसा भए हुन्थ्यो इतितिती
कोरोना आपद्भन्दा ठूलो सत्ता ठान्छ मेरो देशको गूटको राजनीति ।
देशको सत्ताकुण्ठा,तमासा देखेर संसार गरिरहेछ छ खितितिति
भाइ फुटे गवार लुटेको अवस्थामा छ देशको राजनीति ।
अरुतिरको के राजनीति! मेरो देशको पो राजनीति
कोही सीमामै,कोही बाटोमै,कोही अस्पतालमा अकाल मरणको छ स्थिति
निर्धा मरे पनि,पासोमा चढे पनि जिउँदो जाग्दो छ मेरो देशको राजनीति।
किन चिन्ता उद्योग, व्यापार, शिक्षा, रोजगारको!भन्दे भो कोरोना परिस्थिति
किन यति दिशाहीन र निकम्मा भो मेरो देशको राजनीति।
जतिसुकै वीर, त्यागी भए पनि अधर्ममा महाभारतमा नासिने थियो नियति
दुशासन, दुर्योधन,शकुनीलाई मात दिने खालको भयो मेरो देशको राजनीति।
बोल्न, लेख्न र विरोध गर्नै डराउनु पर्ने कति आए हेर विकृति विसंगति
निकृष्टमा नै उत्कृष्ट मान्नुपर्ने यो कस्तो खालको मेरो देशको राजनीति।

No comments:
Post a Comment